निर्मला कुर्मी प्रकरण: लुम्बिनी प्रदेशमन्त्रीविरुद्ध प्रदर्शन « Khabarhub

निर्मला कुर्मी प्रकरण: लुम्बिनी प्रदेशमन्त्रीविरुद्ध प्रदर्शन


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँके नेपालञ्‍जकी निर्मला कुर्मीको हत्यासम्बन्धी प्रकरणका पीडितले पुनः आन्दोलन थालेका छन्‌ । सो हत्या प्रकरणमा आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाइएपछि पीडितका आफन्त र अधिकारकर्मीहरूले आन्दोलन थालेका हुन्‌ ।

कुर्मीविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि मुख्य अभियुक्त कुर्मीलाई नै प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित छन्‌ ।

तीन बूँदे माग राख्दै उनीहरूले शुक्रबारदेखि पाँचौँ चरणको आन्दोलन शुरू गरेका हुन्।

आन्दोलनकारीहरूले ‘हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाइयोस्‌’, ‘कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याइयोस्’ र ‘आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गरियोस्‌’ लगायत नाराबाजी गरिरहेका छन्‌ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ११ : ०७ बजे

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका