महानगरअगाडिकै सडक भ्वाङ परेपछि बालेनले भने- टुकुचा मिचेका घरहरू यसैगरी जोखिममा पर्छन् | Khabarhub Khabarhub

महानगरअगाडिकै सडक भ्वाङ परेपछि बालेनले भने- टुकुचा मिचेका घरहरू यसैगरी जोखिममा पर्छन्


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दरबारमार्गस्थित महेन्द्र शालिक–काठमाडौं प्लाजा सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिचिएको टुकुचा खोलाको प्रसंग निकालेका छन् ।

टुकुचा खोलो छोपेर बनाइएको सडकमा ठूलो भ्वाङ परेपछि मेयर शाहले घरहरू पनि जोखिममा पर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयअगाडिकै सडक भ्वाङ परेपछि सडक विभागले टाल्ने तयारी गरिरहँदा शाहले त्यसलाई खोलो छोपेको दुष्परिणाम भनेका छन् ।

शाहले समाजिक सञ्जालमा भ्वाङ परेको सडकको भिडियो सार्वजनिक गर्दै अझै केही घर छोपिएको टुकुचाको चपेटामा पर्दै जाने बताएका छन् ।

यो जोखिम देखेर नै महानगरले टुकुचा खोला खोल्न थालेको उनले बताएका छन् । तर अदालतले रोकिदिएका कारण खोलो खोल्ने काम रोक्नुपरेको उनले बताएका छन् ।

टुकुचा खोलाको क्षेत्राधिकारको जग्गा व्यक्ति विशेषको नाममा त्रुटीवश हुन गएकाले कानुनअनुसार लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि शाहले भनेका छन् ।

सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनले बताए ।

उनले संघीय सरकारबाट यति काम भएमा टुकुचा खोलो खोल्ने काम महानगरले तत्काल अघि बढाउने बताएका छन् ।

‘सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकताअनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, तर घर र बाटो बनाउने होइन,’ शाहले भनेका छन् ।

‘यो टुकुचामाथिको बाटो हो। अझै केही घरहरू यसरी नै टुकुचामाथि रहेका छन् । काठमाडौं महानगरले केही समयपहिले यस्तै जोखिम देखेर टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले रोकिन परेको थियो’, उनले भनेका छन्, ‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटीवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : २७ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा