महानगरअगाडिकै सडक भ्वाङ परेपछि बालेनले भने- टुकुचा मिचेका घरहरू यसैगरी जोखिममा पर्छन् « Khabarhub

महानगरअगाडिकै सडक भ्वाङ परेपछि बालेनले भने- टुकुचा मिचेका घरहरू यसैगरी जोखिममा पर्छन्


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दरबारमार्गस्थित महेन्द्र शालिक–काठमाडौं प्लाजा सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिचिएको टुकुचा खोलाको प्रसंग निकालेका छन् ।

टुकुचा खोलो छोपेर बनाइएको सडकमा ठूलो भ्वाङ परेपछि मेयर शाहले घरहरू पनि जोखिममा पर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयअगाडिकै सडक भ्वाङ परेपछि सडक विभागले टाल्ने तयारी गरिरहँदा शाहले त्यसलाई खोलो छोपेको दुष्परिणाम भनेका छन् ।

शाहले समाजिक सञ्जालमा भ्वाङ परेको सडकको भिडियो सार्वजनिक गर्दै अझै केही घर छोपिएको टुकुचाको चपेटामा पर्दै जाने बताएका छन् ।

यो जोखिम देखेर नै महानगरले टुकुचा खोला खोल्न थालेको उनले बताएका छन् । तर अदालतले रोकिदिएका कारण खोलो खोल्ने काम रोक्नुपरेको उनले बताएका छन् ।

टुकुचा खोलाको क्षेत्राधिकारको जग्गा व्यक्ति विशेषको नाममा त्रुटीवश हुन गएकाले कानुनअनुसार लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि शाहले भनेका छन् ।

सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनले बताए ।

उनले संघीय सरकारबाट यति काम भएमा टुकुचा खोलो खोल्ने काम महानगरले तत्काल अघि बढाउने बताएका छन् ।

‘सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकताअनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, तर घर र बाटो बनाउने होइन,’ शाहले भनेका छन् ।

‘यो टुकुचामाथिको बाटो हो। अझै केही घरहरू यसरी नै टुकुचामाथि रहेका छन् । काठमाडौं महानगरले केही समयपहिले यस्तै जोखिम देखेर टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले रोकिन परेको थियो’, उनले भनेका छन्, ‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटीवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : २७ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको