विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् ।

धनुषाको औरही गाउँपालिका- ५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय औरही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, मकवानपुर, थाहा नगरपालिका- ३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सितामडी-९ बराह बस्ने ४५ वर्षीय सुदिर सिंह र सितामडी-८ बराही चिन्तामन बस्ने ६८ वर्षीया रेनु देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ना।४ ख ४५६७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ भाबर बस्ने ३५ वर्षीय राम लामा र २८ वर्षीय बिक्रम गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उता, इलाम, सुर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित कपडा पसल संचालन गरी बस्ने सोही नगरपालिका- ९ रम्फोक घर भएकी २१ वर्षीया आनिशा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

र, इलाम, सुर्योदय नगरपालिका- ८ छिपिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित माईजोगमाई गाउँपालिका-२ शनिश्चरे बस्ने २५ वर्षीय समिर महतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै, पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध ट्रोमा- ५० लेखिएको ४ हजार ५ सय ४ ट्याबलेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी सकराहा ग्राम पंचायत-९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षीया मधु देवी रहेका छन् ।

प्रहरी चौकी इनरूवा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट  वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ३२ बजे

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् ।

मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म मन्त्रालयगत

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्