जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमालेको सरकार बन्यो : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमालेको सरकार बन्यो : उपप्रधानमन्त्री सिंह


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ३०औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका  उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन सरकारले काम गर्ने सिंहको भनाई थियो ।

अहिले ०७२ को संविधानले दिएको अधिकार कटौती गर्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न पनि आग्रह गरे ।

जनतालाई अधिकार सम्पन्न बनाउनका लागि ०७ साल, ०४६ साल र ०६२,६३ सालमा कांग्रेस नेतृत्वमा भएको आन्दोलनको स्मरण गर्दै  सिंहले कांग्रेस नेतृत्वमा जारी भएको ०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिए ।

थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उनले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको बताए ।

‘जनतालाई अधिकार दिलाउन लडेको पार्टी मिलेर सरकार बनेको छ । जनतालाई दिएको अधिकार खोस्ने कसैले सोच्न सक्छ ?’, उपप्रधानमन्त्री सिंहले भन्ने,  ‘संविधानले दिएको अधिकार पनि कटौती गर्न लागेको हो की भन्ने हल्ला चलाइएको छ । गलत भाष्य स्थापित गर्न दुष्प्रचार भइरहेको कुरालाई पनि हामीले ध्यानमा राख्नुपर्छ ।’

०७२ को संविधानले दिएको अधिकार कार्यान्वयनमा केही कमजोरी भए सुधार गर्छौँ भन्दा के नराम्रो भयो भन्दै उपप्रधानमन्त्री सिंहले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरूलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि सरकार अघि बढेको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : २१ बजे

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको