मन्त्री भण्डारीले गरे विशाखापट्टनम पोर्टको अनुगमन « Khabarhub

मन्त्री भण्डारीले गरे विशाखापट्टनम पोर्टको अनुगमन


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको शुक्रबार अनुगमन गरेका छन् । उनले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गरेको उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गरेका थिए । उनलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराए ।

मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताए  ।

मन्त्री भण्डारीले सो क्रममा नेपालको आयात तथा निर्यातमा सघाउन स्थानीय आयात तथा निर्यातकर्तासँग आग्रह गरे । उनलाई पोर्टका कर्मचारीले नेपालको आयात निर्यातबारे जानकारी गराएका थिए । सो क्रममा मन्त्री भण्डारीलाई त्यहाँका प्रतिनिधिले व्यापारिक समस्याबारे जानकारी गराएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : २७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ