भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै | Khabarhub Khabarhub

भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशसचिव विक्रम मिश्री यही आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिने भ्रमणका लागि उनी आइतबार काठमाडौं उत्रिने भएका हुन् ।

उनी नेपालस्थित परराष्ट्र मन्त्रालयकी सचिव डा. सेवा लम्सालको निमन्त्रणमा दुई दिने भ्रमणका लागि आउन लागेका हुन् । उनको भ्रमणबारे दुवै देशले पुष्टि गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक वक्तव्य जारी गर्दै भ्रमणका क्रममा दुई देशका सचिवबीच बहुआयामिक सम्बन्धका विविध पक्षमा कुरा हुने जनाएको छ ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले नपालस्थित सरकारका उच्च नेतृत्वसँग पनि भेट गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले यो भ्रमणलाई नियमित र द्विपक्षीय सम्बन्ध बलियो बनाउने प्रयास भनेको छ।

भारतीय दूतावासका एक अधिकारीले पनि विदेशसचिव मिश्रीको भ्रमणको पुष्टि गरेका छन्। नेपालमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो उच्चस्तरीय पहिलो भ्रमण हो ।

भारतीय विदेशमन्त्रालयले आइतबार र सोमबार नेपाल भ्रमणमा रहने पुष्टि गरेको छ। विदेश सचिव मिश्रीको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई पनि यो भ्रमणले प्रतिबिम्बित गर्ने भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

‘भारत र नेपालबीच सदियौँ पुरानो सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ । भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ’, भारतीय विदेश मन्त्रालयले शुक्रबार भनेको छ।

यो भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणासहित दलका नेताहरूसँग पनि संवाद गर्ने भएका छन् ।

विदेशसचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने सम्भावना छ । ओलीलाई भारतले भ्रमणको आधिकारिक निम्तो दिएको छैन । प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमणका लागि थाइल्यान्ड जाँदैछन् ।

ओलीको तेस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि आगामी भदौ तेस्रो साता बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैंकक जान लागेका हुन् । यससँगै ओलीले आफ्नो तेस्रो कार्यकाल विदेश यात्रा भारतभन्दा बाहिरबाट गर्ने पक्का भएको हो ।

नेपाल भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने सम्भावना छ । मिश्री गत असार १४ गते भारतको विदेश मन्त्रालयका सचिव बनेका हुन् ।

यसअघि भारतीय विदेश सचिवको भूमिकामा नेपालका लागि राजदूत रहिसकेका विनयमोहन क्वात्रा थिए । क्वात्रा हाल अमेरिकाका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेर गएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ३२ बजे

संस्कृति संकटमा परे राज्यको परिचय नै संकटमा पर्छ : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता

जीबी राई नेटवर्किङ व्यवसायबाट सहकारी ठगीमा 

काठमाडौं– सहकारी विशेष छानबिन समितिले ११ सय २४ पेजको प्रतिवेदन

खबपु : ती विद्रोही, यी व्यङ्ग्यकर्मी !

काठमाडौं – खड्गबहादुर पुन ‘खबपु’ टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनबाट

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधान गर्न आयोग गठन

काठमाडौं– सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि