माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ « Khabarhub

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारदेखि सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा विभिन्न चार एजेन्डामा छलफल सुरु भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । उनले पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेन्डा छलफलका लागि आफ्ना कुरा राखेको सापकोटाले बताए ।

पहिलो एजेन्डाका रूपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयकमा दलहरूले सहमति जुटाएको बताएका थिए ।

आगामी साउन २९ गतेको संसद्को बैठकमा टीआरसी पेस हुने जानकारी दाहालले गराए । बंगलादेशमा भएको पछिल्लो राजनीतिक उथलपुथलपूर्ण घटनाबाट शिक्षा लिएर जनताको कुरा सुन्नुपर्नेमा पनि प्रचण्डले जोड दिएको सापकोटाले जानकारी दिए ।

त्यस्तै आफू नेतृत्वको अघिल्लो सरकारले गरेको सुशासन र भ्रष्टाचार विरोधी निर्णय र अभियान अगाडि बढाउनको सट्टा अहिलेको सरकारले अवरोध सिर्जना गर्ने काम गरिरहेको प्रचण्डले बताएको सापकोटाले जानकारी दिए ।

स्थायी कमिटी बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाप्रति दु:ख व्यक्त गर्दै परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन माग गरेको छ ।

बस दुर्घटनाबारे पनि बैठकले चिन्ता जनाएको छ । बाढी पहिरोबाट भएको क्षति न्यूनीकरण गर्दै पीडितलाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए । माओवादी स्थायी कमिटी बैठक शनिबार ११ बजे बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ४१ बजे

मानव अधिकार सुनिश्चित गर्ने मार्गमा भ्रष्टाचार गम्भीर चुनौती : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा,

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले