कांग्रेसले भन्यो- बंगलादेशमा हिन्दू-बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक « Khabarhub

कांग्रेसले भन्यो- बंगलादेशमा हिन्दू-बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक

शान्तिपूर्ण अवस्था बहाली भएर स्वतन्त्र निर्वाचन हुने विश्वास


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले छिमेकी मुलुक बंगलादेशमा केही सातादेखि विकसित भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले बंगलादेशको राजनीतिक अवस्थाबारे पार्टी गम्भीर रहेको जनाएका हुन् ।

‘नेपाली कांग्रेसले लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ’, पौडेलले भनेका छन्, ‘त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ ।’

कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई पनि दिएको छ। अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा कांग्रेसले गरेको छ।

कांग्रेसको बैठकले बंगलादेशका हिन्दु र अल्पसंख्यकमाथि भएको आक्रमणको पनि चिन्ता गरेको छ । उसले बंगलादेशमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास पनि लिएको छ ।

‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दु, वुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक छन्’, पौडेलले भनेका छन्, ‘धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण बनाउन सफल हुने कांग्रेसले विश्वास लिएको छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ४० बजे

मानव अधिकार सुनिश्चित गर्ने मार्गमा भ्रष्टाचार गम्भीर चुनौती : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा,

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले