आरजु राणाको सुझाव : महिला ३३ र दलित १० प्रतिशत अनिवार्य गरौँ « Khabarhub

आरजु राणाको सुझाव : महिला ३३ र दलित १० प्रतिशत अनिवार्य गरौँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने बताएकी छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवम् जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिए पनि प्रत्यक्ष निर्वाचनमै यसको सुनिश्चितताको माग गरिन् ।

‘समावेशिताबारे पहिल्यैदेखि भन्ने गरेको के हो भने प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाऊँ, यो मेरो सुझाव हो’, उनले भनिन् ।

राणाले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखिन् ।

उनले पार्टीका कुनै पनि विभागको अलग्गै वेबसाइट बनाएर त्यसमा ती विभागका कामहरुको प्रतिवेदन अद्यावधिक गरी राख्नुपर्ने बताइन् । यसो गर्दा पार्टीका सबै विभागका क्रियाकलाप खुला रुपमा सबैले अध्ययन गर्न सक्ने हुनुपर्ने तर्क उनको थियो ।

कामको प्रभावकारिता र प्रतिबद्धताका आधारमा भातृ संस्था या शुभेच्छुक संस्थामा सदस्य तथा पदाधिकारी नियुक्त गरिनुपर्ने र उनीहरुको कामको आधारमा थप जिम्मेबारी दिनुपर्ने पनि उनले बताइन् ।

त्यसैगरी सम्पूर्ण भातृ संगठनहरूको बैंक खाता खोली ती अनुगमन पार्टीको केन्द्रले गर्ने र बर्षेनी लेखापरीक्षणको व्यवस्था हुनुपर्ने पनि उनले सुझाइन् ।

पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक या दुई पटक मात्र भनेर तोक्न नहुने उनको तर्क थियो ।

‘प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा उसको प्रभाकारिताका आधारमा हुने हो’, उनले भनिन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ५२ बजे

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन