ह्रस्व दीर्घको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ गीत सार्वजनिक | Khabarhub Khabarhub

ह्रस्व दीर्घको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ गीत सार्वजनिक


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।

सिनेमाको यो गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्दर रचना र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेव्यु सिनेमा हो ।

सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ सिनेमाको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

भिडियाे

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : २४ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा