प्रस्तावित थप चार राजदूतको सुनुवाइ, यस्ता छन् उनीहरूका कार्ययोजना « Khabarhub

प्रस्तावित थप चार राजदूतको सुनुवाइ, यस्ता छन् उनीहरूका कार्ययोजना


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूमध्ये बुधबार थप चार जनाको सुनुवाइ भएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले रुसी महासंघका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. डा. कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसी सेनामा रहेका नेपालीको उद्दारका लागि सहजकर्ताको काम गर्ने बताए ।

उनले सांसदहरूसँग क्षतिपूर्ति व्यवस्थाका लागि पहल गर्ने पनि बताएका छन् । नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै दुईपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उनले जवाफ दिए ।

त्यस्तै साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले दुइ देशबीच उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने बताए ।

उनले श्रम बजारलाई व्यवस्थित गर्ने लगायत कार्ययोजना प्रस्तुत गरे । ढकालले साउदी अरबका नेपालीका लागि आवश्यक सहजीकरण, नयाँ श्रम सम्झौताला महत्व दिने पनि बताए ।

त्यस्तै दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. श्रेष्ठले दुई देशबीचको सम्बन्ध विस्तार गर्दै नेपालको विभिन्न क्षेत्रमा लगानी प्रवर्द्धनका लागि भूमिका खेलने बताए ।

उता दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा. तुम्बाहाङ्फेले ईपीएस प्रणालीमार्फत कामदारको कोटा वृद्धिका लागि पहल गर्ने बताइन् ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । सिफारिस भएका राजदूतहरूबारे समितिले निरन्तर सुनुवाइ गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा