रावल चौखुट्टे झुलुक्क : अध्यक्ष बोहरा साँफेबाट मंगलसैन सुटुक्क ! | Khabarhub Khabarhub

रावल चौखुट्टे झुलुक्क : अध्यक्ष बोहरा साँफेबाट मंगलसैन सुटुक्क !


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

अछाम – पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् ।

उनलाई सोमबार साँझ साँफे बगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमका लागि अछाम पुगेको भनिए पनि रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरुसँग आगामी राजनीतिबारे छलफल गर्ने उनी निकट स्रोतले बताएको छ ।

नेता रावलको गृह जिल्ला प्रवेशले एमाले वृत्तमा भने हलचल ल्याएको छ । रावल पक्षधरले जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् । यता एमाले अध्यक्ष केपी ओली पक्षका जिल्ला नेताहरू भने रावलको स्वागतमा उपस्थित भएनन् ।

रावललाई भेट्दा ओलीसँग दुरी बढ्ने जिल्ला तहका नेतालाई डर छ । उनीहरू केन्द्रमा आफ्नो नम्बर घट्ने डरले रावलको सवगतमा उपस्थित नभएको बुझ्न सकिन्छ ।

सोमबार रावलको अछाम पुग्ने समयसम्म साँफेबगरमा रहेका एमाले जिल्ला अध्यक्ष चन्द्र बोहरा रावल नपुग्दै साँफेबगरबाट मङ्गलसेन हानिएका थिए । सोमबार दिनभर साँफेबगरमा रहेका बोहरा नेता रावल चौखुट्टे पुगेको खबर सुन्ना साथ मङ्गलसेन हिडेका हुन् ।

उनी सङ्गै एमाले नेता तथा मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरापनी दिनभर साँफेबगर बसेर रावल नपुग्दै मङ्गलसेन हानिएका थिए । पार्टी अध्यक्ष बोहरा ओली निकट हुन । नेकपा विभाजनका समयमा पहिले रावलको पक्षमा रहेका बोहरा अन्ततः ओली पक्षबाट एमाले पार्टीको जिल्ला अध्यक्ष बनेका थिए ।

नेता रावल एमाले पार्टीको शक्तिशाली उपाध्यक्ष हुँदा उनको जिल्ला भ्रमणमा स्वागत गर्न चौखुट्टे पुग्ने नेताहरू यसपालि भने रावल चौखुट्टे पुग्दा साँफेबगरबाटै भागेका छन् । यस विषयमा अध्यक्ष बोहराले रावल अछाम आउने कार्यक्रमबारे पार्टीमा जानकारी नभएको बताए । रावलको जिल्ला भ्रमणमा एमाले पार्टीले कुनैपनि कार्यक्रम आयोजना नगर्ने उनको भनाई छ ।

सोमबार साँझ साँफेबगर पुगेका नेता रावलले उपलब्ध कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरेका छन् । उनले राष्ट्रिय हितका निम्ति आफ्नो लडाई जारी रहेको बताए । नेता रावलले भोली मङ्गलवार बिहान गैर सरकारी संस्था वाक नेपालको २७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

त्यस्तै उनी मङ्गलवार दिउसो मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडालाई स्थानीय बाल मैत्री स्थानीय शासन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् ।

नेकपा एमालेको चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका प्रत्याशी रावल हाल पार्टीमा भूमिका विहीन छन् । पार्टीमा रावललाई उचित स्थान दिनुपर्ने माग उठ्दै आए पनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र रावलको आगामी तयारीका विषयमा धारण बुझ्न प्रेस चौतारी नेपाल अछामले मङ्गलवार बिहान साँफेबगरमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेक बहादुर थापाले बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : १३ बजे

सागर डिष्टिलरीको आईपीओ भर्ने अन्तिम दिन 

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको