रावल चौखुट्टे झुलुक्क : अध्यक्ष बोहरा साँफेबाट मंगलसैन सुटुक्क ! « Khabarhub

रावल चौखुट्टे झुलुक्क : अध्यक्ष बोहरा साँफेबाट मंगलसैन सुटुक्क !


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

अछाम – पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् ।

उनलाई सोमबार साँझ साँफे बगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमका लागि अछाम पुगेको भनिए पनि रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरुसँग आगामी राजनीतिबारे छलफल गर्ने उनी निकट स्रोतले बताएको छ ।

नेता रावलको गृह जिल्ला प्रवेशले एमाले वृत्तमा भने हलचल ल्याएको छ । रावल पक्षधरले जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् । यता एमाले अध्यक्ष केपी ओली पक्षका जिल्ला नेताहरू भने रावलको स्वागतमा उपस्थित भएनन् ।

रावललाई भेट्दा ओलीसँग दुरी बढ्ने जिल्ला तहका नेतालाई डर छ । उनीहरू केन्द्रमा आफ्नो नम्बर घट्ने डरले रावलको सवगतमा उपस्थित नभएको बुझ्न सकिन्छ ।

सोमबार रावलको अछाम पुग्ने समयसम्म साँफेबगरमा रहेका एमाले जिल्ला अध्यक्ष चन्द्र बोहरा रावल नपुग्दै साँफेबगरबाट मङ्गलसेन हानिएका थिए । सोमबार दिनभर साँफेबगरमा रहेका बोहरा नेता रावल चौखुट्टे पुगेको खबर सुन्ना साथ मङ्गलसेन हिडेका हुन् ।

उनी सङ्गै एमाले नेता तथा मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरापनी दिनभर साँफेबगर बसेर रावल नपुग्दै मङ्गलसेन हानिएका थिए । पार्टी अध्यक्ष बोहरा ओली निकट हुन । नेकपा विभाजनका समयमा पहिले रावलको पक्षमा रहेका बोहरा अन्ततः ओली पक्षबाट एमाले पार्टीको जिल्ला अध्यक्ष बनेका थिए ।

नेता रावल एमाले पार्टीको शक्तिशाली उपाध्यक्ष हुँदा उनको जिल्ला भ्रमणमा स्वागत गर्न चौखुट्टे पुग्ने नेताहरू यसपालि भने रावल चौखुट्टे पुग्दा साँफेबगरबाटै भागेका छन् । यस विषयमा अध्यक्ष बोहराले रावल अछाम आउने कार्यक्रमबारे पार्टीमा जानकारी नभएको बताए । रावलको जिल्ला भ्रमणमा एमाले पार्टीले कुनैपनि कार्यक्रम आयोजना नगर्ने उनको भनाई छ ।

सोमबार साँझ साँफेबगर पुगेका नेता रावलले उपलब्ध कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरेका छन् । उनले राष्ट्रिय हितका निम्ति आफ्नो लडाई जारी रहेको बताए । नेता रावलले भोली मङ्गलवार बिहान गैर सरकारी संस्था वाक नेपालको २७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

त्यस्तै उनी मङ्गलवार दिउसो मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडालाई स्थानीय बाल मैत्री स्थानीय शासन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् ।

नेकपा एमालेको चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका प्रत्याशी रावल हाल पार्टीमा भूमिका विहीन छन् । पार्टीमा रावललाई उचित स्थान दिनुपर्ने माग उठ्दै आए पनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र रावलको आगामी तयारीका विषयमा धारण बुझ्न प्रेस चौतारी नेपाल अछामले मङ्गलवार बिहान साँफेबगरमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेक बहादुर थापाले बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : १३ बजे

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा