ड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने भारत र इजरायलबीच छलफल « Khabarhub

ड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने भारत र इजरायलबीच छलफल


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इजरायलबीच मानवरहित हवाई उपकरणड्रोनबाट उत्पन्न हुने चुनौतीको सामना गर्ने विषयमा सम्मेलनको आयोजना गरिएको छ ।

नयाँ दिल्लीमा भएको सुरक्षा सम्मेलनमा इजरायलका तर्फबाट रक्षा मन्त्रालय अन्तर्गतको रक्षा निर्यात निर्देशनालय, दिल्लीस्थित इजरायलको आर्थिक एवम् वाणिज्य नियोग, अर्थ तथा उद्योग मन्त्रालय, इजरायल निर्यात प्रतिष्ठान, दिल्लीस्थित इजरायली दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

त्यसैगरी, भारतीय पक्षबाट भने सम्मेलनमा भारतीय रक्षा मन्त्रालय र भारतीय रक्षा उत्पादन समाजका प्रतिनिधिको सहभागिता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सम्मेलनका क्रममा इजरायलका नौ रक्षा कम्पनीले ड्रोनबाट उत्पन्न हुने चुनौतीविरुद्ध प्रयोग हुने अत्याधुनिक प्रविधि प्रस्तुत गरेका थिए ।

यस सम्मेलनले इजरायली रक्षा उद्योगका अत्याधुनिक प्रविधिमा आधारित उत्पादनबारे प्रत्यक्ष जानकारी प्रदान गर्ने अवसर दिएको एएनआईले जनाएको छ । यस सम्मेलनले इजरायल र भारतबीच सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ११ : ०२ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र