आज विश्व हुलाक दिवस मनाइँदै « Khabarhub

आज विश्व हुलाक दिवस मनाइँदै


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक सङ्घको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस दिन विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाको १५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ । विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ ।

नेपालमा विसं १९३५ सालमा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो ।

नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ७ : १३ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा