भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज « Khabarhub

भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने संयुक्त राष्ट्रसंघमा आवाज चर्कँदै गएको छ ।

सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता प्रदान गर्न फ्रान्स, रुस, अमेरिका, पोर्चुगल, बेलायतजस्ता मुलुकका नेताहरुले समर्थन जनाइसकेका छन् ।

हालै अफ्रिकी मुलुक अङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्सोले पनि सुरक्षा परिषदमा सुधार आवश्यक रहेको जनाएका छन् । भिडियो सन्देश जारी गर्दै राष्ट्रपति लोरेन्सोले अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व र भारतीय उपमहाद्विपका मुलुकहरुको प्रतिनिधित्व बढ्नुपर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी, ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले पनि सुरक्षा परिषदमा सुधार आवश्यक रहेको बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले परिषदमा ल्याटिन अमेरिकाबाट ब्राजिल, भारत र अफ्रिकी महादेशबाट एउटा मुलुकको प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले पनि सुरक्षा परिषदको विस्तारमा आफ्नो समर्थन रहने जनाएका छन् । उनले जर्मनी, जापान, भारत र ब्राजिल स्थायी सदस्य हुनुपर्ने उल्लेख गरे ।

रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले पनि ब्राजिल र भारत सुरक्षा परिषदको सदस्यका लागि दाबेदार रहेको जनाएका छन् ।

त्यसैगरी, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि विकासशील मुलुकहरुको प्रतिनिधित्व बढाउन सुरक्षा परिषदको सुधार आवश्यक रहेको जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १० : ४८ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास