अन्तर्राष्ट्रिय

पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा

By खबरहब

October 09, 2024

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानका वाणिज्य बैंकहरुले अवैधानिक रुपमा ठूलो मुनाफा आर्जन गरेको पाइएको छ ।

पाकिस्तानी सिनेटको आर्थिक मामिलासम्बन्धी स्थायी समितिले यस्तो निष्कर्ष निकालेको हो ।

सन् २०२२ मा पाकिस्तानको ढुकुटीमा विदेशी मुद्राका सञ्चिती न्यून भएका बेला वाणिज्य बैंकहरुले आयात गर्दा आवश्यक पर्ने ‘लेटर अफ क्रेडिट’ (एलओसी) मा बढी रकम देखाएर आर्थिक हिनामिना गरेको भेटिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार त्यसबेला पाकिस्तानबाट अवैध रुपमा ६५ अर्ब पाकिस्तानी रुपैयाँ बाहिरिएको थियो ।

अवैध रुपमा ६५ अर्ब बाहिरिएको दण्डस्वरुप पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले ती बैंकहरुलाई केबल १ अर्ब ४० करोड डलर बराबरको जरिवाना तिराएको थियो । यस विषयलाई लिएर सिनेट समितिले केन्द्रीय बैंकको भूमिकाको पनि आलोचना गरेको छ ।