साप्ताहिक हाटबजारमा खसीबोका बिक्री « Khabarhub

साप्ताहिक हाटबजारमा खसीबोका बिक्री


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् ।  भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो ।

खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछी खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दशैँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ ।

साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुँदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताए। 

सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो । किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन् ।  

जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँको लागि ल्याइएको खसीहरू खरिद बिक्री गर्दै स्थानीय । अहिले खसीको मूल्य प्रतिकिलो आठ सयदेखि एक हजारसम्म बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ५५ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको