साप्ताहिक हाटबजारमा खसीबोका बिक्री « Khabarhub

साप्ताहिक हाटबजारमा खसीबोका बिक्री


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् ।  भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो ।

खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछी खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दशैँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ ।

साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुँदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताए। 

सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो । किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन् ।  

जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँको लागि ल्याइएको खसीहरू खरिद बिक्री गर्दै स्थानीय । अहिले खसीको मूल्य प्रतिकिलो आठ सयदेखि एक हजारसम्म बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ५५ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको