पर्वतका सबै ग्रामीण सडक सञ्चालन « Khabarhub

पर्वतका सबै ग्रामीण सडक सञ्चालन


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पर्वतनेपालीहरूको महान् पर्व बडादसैँको मुखैमा बर्खायाममा अवरुद्ध बनेका यहाँका सबैजसो ग्रामीण सडक सञ्चालन भएका छन् ।

यस वर्षको मनसुन पनि सकिनै लागेको र चाडपर्व मनाउन ग्रामीण क्षेत्रमा आउने यात्रुहरूलाई दृष्टिगत गर्दै जिल्लाका मुख्य तथा सहायक सडक सञ्चालन गरिएको हो ।

पर्वतका सातवटै पालिकाले बजेट व्यवस्थापन गरेर दसैँ अगावै सडक सञ्चालन गरेका हुन् । अधिकांशले डोजर र स्काभेटरको प्रयोग गरेका थिए भने केही पालिकाले उपभोक्ता समितिमार्फत सडक सरसफाइ गरेका हुन् ।

अहिले सदरमुकाम जोडिने कुनै पनि सडक अवरुद्ध नरहेको पर्वत यातायात व्यवसायी समितिले जनाएको छ । गाउँ फर्किने र खाद्यान्न ढुवानी गर्ने सबैखाले सवारी साधन सहज रुपमा गाउँगाउँमा पुग्न थालेको पर्वत यातायात व्यावसायी समितिका सञ्चालक हेम शर्मा पौडेलले बताए । वर्षा रोकिएकाले कच्ची सडकमा सवारी साधन चलाउन पनि सहज भएको छ । 

फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले मुख्य सडक मात्र नभई टोलटोलमा पुग्ने सडक मर्मत तथा सरसफाइ गरेर यातायात सञ्चालन गरिएको बताए। उनले नगरपालिकाका दुईवटा डोजर प्रयोग गरेर एक सातामा सबै सडक खुलाइएको बताए।

जिल्लाको मुख्य सडकको सूचीमा रहेका दोविल्ला–फलेवास, दोविल्ला–ठुलीपोखरी–कार्किनेटा, कालीगण्डकी करिडोर, बेनी–मालढुङ्गा, मध्य पहाडी लोकमार्गको पर्वत खण्ड, पातीचौर–देउपुर–लप्सीबोट तथा देउराली जोड्ने, कुश्मा–दुर्लुङ, अर्मादी–बनौ, मिलनचोक–शालिजा–भोटेडाँडा, चिसापानी–हुवास–त्रिवेणी–खहरेखोला, लमाए–लुङ्खु–हुवासजस्ता मुख्य सडक मात्र नभई अन्य सडक सञ्चालन भएका यातायात व्यावसायीले बताएका छन् । 

पालिकाहरुले चाडपर्वलाई लक्षित गरेर सडक मर्मत गरिदिँदा गाउँ फर्किनेलाई सहज भएको ट्राफिक प्रहरी प्रमुख सीताराम ओझाले जानकारी दिए। सडक सुविधायुक्त भए पनि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समस्या आएको छ । 

दसैँमा पनि निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा नआउँदा सवारी साधन पार्किङले समस्या बढाएको उनको भनाइ छ । 

प्रहरीले यात्रु तथा सवारी चालकको सुविधाका लागि सदरमुकाम कुश्माबजार र दक्षिण पर्वतको पैंयुँ गाउँपालिकास्थित हातेमालोचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका साथै सवारीधनीबाट यात्रु ठगिनबाट जोगाउनका लागि यात्रु सहायता कक्ष प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए ।  

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  २ : ३२ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको