खेलकुद

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

By खबरहब

October 09, 2024

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ । 

आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा पुरुष-महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स-डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् । 

त्यसैगरी जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्स विधामा प्रतिस्पर्धा हुनेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४२ लाख लाग्ने आयोजकले जनाएको छ ।