जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन « Khabarhub

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयको भवन, आवास तथा योजना महाशाखा प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

जग्गा, आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई सुधारसहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

कार्यदलमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायण भण्डारी, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारी, नेपाल जग्गा तथा आवास विकास महासङ्घका दुई प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव र सदस्य सचिवका रुपमा सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय कार्यान्वयन इकाइका आयोजना निर्देशक प्रकाश अर्याल सदस्य छन् ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घले गत साउन ११ गते सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका प्रष्ट गर्दै सहरी पूर्वाधार तथा सेवाको विकाससम्बन्धी एकीकृत ऐन जारी गर्न, घर तथा आवास भवनलाई पूर्वाधार निर्माण उद्योगका रुपमा स्वीकारेकाले यो क्षेत्रलाई अन्य उद्योगले पाए सरह सुविधा दिन सुझाव दिएको थियो ।

आव २०७९र८० को बजेटमा समावेश भएको एक सयभन्दा बढी युनिट भएको ‘अपार्टमेन्ट’मा बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशीले खरिद गर्न पाउने घोषणालाई प्रभावकारी कार्यान्वयन गर्न, ‘प्लानिङ पर्मिट’ प्राप्त ‘रियलस्टेट’ कम्पनीहरुलाई मात्र घरजग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न महासङ्घले माग गरेको थियो ।

त्यस्तै, मेगासिटी, स्मार्टसिटी, पूर्वाधारयुक्त करिडोर र व्यवस्थित सहरीकरणमा निजी लगानी आकर्षित गर्न सरकारी अनुमति प्राप्त रियलस्टेट कम्पनीलाई सहभागी गराई सहकार्य गर्ने कानुनी व्यवस्था गर्ने, हाल स्थानीय निकायले लिने सिफारिस शुल्क समान कायम गर्ने, रियलस्टेट उद्योगलाई बहुवर्षीय आयोजनासरह सुविधा दिनेलगायत सुझावमाथि कार्यदलले अध्ययन गर्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १० : ०४ बजे

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

कञ्चनपुर – असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना

पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

पाल्पा – आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको

विश्वप्रकाशको दाबी : निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउँछन्

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको

एपिएफले जित्यो राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि

उदयपुर – जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

मुस्ताङ – चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको