वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान « Khabarhub

वनमन्त्री शाही कोप-२९ मा भाग लिन अजरबैजान प्रस्थान


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन् ।

सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ। मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा दीपककुमार खराललगायत रहेका छन् । 

सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरूको विषय प्रमुख रुपमा उठान गर्ने तयारी गरेको छ ।

यसका लागि मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थिति पत्रमा विशेषगरी हानी पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखिएको छ ।

कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउँदैछ । उनले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्ने जनाइएको छ ।

यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : २० बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी