स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई समानुपातिकतर्फ प्रदेशसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरणम महतले जानकारी दिए ।

उनले रिक्त पदपूर्तिका लागि निर्वाचन आयोगमा भएको बन्दसूचीको क्रम संख्याअनुसार थापाको नाम सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि समानुपातिकतर्फको प्रदेशसभा सदस्य पद रिक्त थियो ।

बैठकले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने सभापति देउवाको प्रस्तावलाई अनुमोदन गरेको पनि प्रवक्ता महतले जानकारी दिए ।

‘कोषाध्यक्षमा उमेश श्रेष्ठजीलाई हाम्रो पार्टी सभापतिले विधानबमोजिम प्रस्तावित गर्नुभएको थियो,’ बैठकपछि महतले भने, ‘त्यो प्रस्तावलाई बैठकले अनुमोदन गर्‍याे ।’

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : ०५ बजे

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका