स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय « Khabarhub

स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई समानुपातिकतर्फ प्रदेशसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरणम महतले जानकारी दिए ।

उनले रिक्त पदपूर्तिका लागि निर्वाचन आयोगमा भएको बन्दसूचीको क्रम संख्याअनुसार थापाको नाम सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि समानुपातिकतर्फको प्रदेशसभा सदस्य पद रिक्त थियो ।

बैठकले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने सभापति देउवाको प्रस्तावलाई अनुमोदन गरेको पनि प्रवक्ता महतले जानकारी दिए ।

‘कोषाध्यक्षमा उमेश श्रेष्ठजीलाई हाम्रो पार्टी सभापतिले विधानबमोजिम प्रस्तावित गर्नुभएको थियो,’ बैठकपछि महतले भने, ‘त्यो प्रस्तावलाई बैठकले अनुमोदन गर्‍याे ।’

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : ०५ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त