सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख | Khabarhub Khabarhub

सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछ : राष्ट्रसङ्घ प्रमुख


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएका छन् ।

उनले सिरियामा व्यवस्थित राजनीतिक सङ्क्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे। संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आह्वान दोहोर्‍याए ।

कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

उनले भने, ‘कुनै पनि राजनीतिक सङ्क्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकाङ्क्षाहरू पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन को आवश्यकता हुनेछ।’

‘सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनर्स्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ’ गुटेर्रेसले भने।

संयुक्त राष्ट्रसङ्घले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उनले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। यो सिरियामा दिगो शान्तिको मार्ग हो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : ५३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका