वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक « Khabarhub

वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन र वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय रहेको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लौङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा उनले प्राकृतिक स्रोत, वन तथा वातावरणसँग महिलाहरूको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई सँगै लिएर संरक्षणका काम गरिनुपर्नेमा उनले जोड दिइन्।

 ‘वन र वनपैदावारको उपयोगसँग महिलाको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यसको क्षतिबाट हुने असरमा पनि महिला नै सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । नेपालको सामुदायिक वनको अभियानमा उनीहरूको योगदान अत्यन्त महत्त्वपूर्ण छ । नेपालले गरेको वन तथा वातावरणको प्रतिबद्धता पूरा गर्न मन्त्रालय महिला दिदीबहिनीहरूसँग मिलेर अगाडि बढ्छ’, राज्यमन्त्री विकले भनिन्।

वन तथा वातावरण क्षेत्रका कैयौँ कानून समयसापेक्ष नभएकाले समस्या भइरहेको भन्दै उनले  तिनलाई सुधार, संशोधनका लागि तयारी भएको जानकारी दिए।

राज्यमन्त्री विकले कानुनी समस्याका कारण वन क्षेत्र, खोला तथा नदी किनारमा बसिरहेका अधिकांश दलित, विपन्न समुदाय समस्यामा परिरहेकाले वन र निकुञ्जसँग सम्बन्धित कानुन संशोधनका लागि पहल गरिने बताए।

महासङ्घका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण  महासचिव पार्वता गौतमले गरेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : २१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको