वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक « Khabarhub

वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन र वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय रहेको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लौङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा उनले प्राकृतिक स्रोत, वन तथा वातावरणसँग महिलाहरूको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई सँगै लिएर संरक्षणका काम गरिनुपर्नेमा उनले जोड दिइन्।

 ‘वन र वनपैदावारको उपयोगसँग महिलाको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यसको क्षतिबाट हुने असरमा पनि महिला नै सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । नेपालको सामुदायिक वनको अभियानमा उनीहरूको योगदान अत्यन्त महत्त्वपूर्ण छ । नेपालले गरेको वन तथा वातावरणको प्रतिबद्धता पूरा गर्न मन्त्रालय महिला दिदीबहिनीहरूसँग मिलेर अगाडि बढ्छ’, राज्यमन्त्री विकले भनिन्।

वन तथा वातावरण क्षेत्रका कैयौँ कानून समयसापेक्ष नभएकाले समस्या भइरहेको भन्दै उनले  तिनलाई सुधार, संशोधनका लागि तयारी भएको जानकारी दिए।

राज्यमन्त्री विकले कानुनी समस्याका कारण वन क्षेत्र, खोला तथा नदी किनारमा बसिरहेका अधिकांश दलित, विपन्न समुदाय समस्यामा परिरहेकाले वन र निकुञ्जसँग सम्बन्धित कानुन संशोधनका लागि पहल गरिने बताए।

महासङ्घका अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण  महासचिव पार्वता गौतमले गरेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : २१ बजे

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल