गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (तस्बिरहरू) « Khabarhub

गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु (तस्बिरहरू)


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिमरा- बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा सोमबार पशुबलि दिइएको छ ।

आइतबारदेखि मेलामा बोका र राँगासहितको पशुबलि दिन थालिएको हो । अहिले आफ्नो भाकलअनुसारको बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो लागेको छ।

गढीमाई क्षेत्रलाई रंगीचंगी सजावटले चिटिक्क पारिएको छ । विभिन्न प्रदर्शनी, खेल, तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् ।

यस क्षेत्रका सर्वसाधारणले गढीमाईको मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । अहिले गढीमाई मन्दिर परिसर भक्तजनले भरिभराउ भएको छ।

शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश-विदेशका दर्शनार्थी मेला भर्न आउने गरेका छन् । त्यहीकारण गढीमाईको ख्याति फराकिलो बन्दै गएको छ।

यसक्रममा मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।

यसैगरि मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ०४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले