प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम « Khabarhub

प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले प्याजमा आत्मनिर्भर बनाउन ‘प्याज पकेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 विगतका वर्षमा परीक्षणको सुरु गरेको यस कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि वडा नं ७ मा व्यावसायिक उत्पादन गरी नगरलाई प्याजमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनले पालिकालाई आत्मनिर्भर बनाउँदै किसानको आर्थिक उपार्जन वृद्धिमा समेत सहयोग पुर्‍याउन ‘प्याज पकेट’ कार्यक्रमलाई गौरवको योजनाका रूपमा सञ्चालन गरिएको बताए।

 ‘प्याज पकेट क्षेत्रका किसानलाई आवश्यक पर्ने उन्नत जातका बिरुवाका लागि नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘दुईवटा कृषि सहकारीलाई उन्नत जात (रेड क्रियोल)को बीउबाट बिरुवा उत्पादन गरेर पकेट क्षेत्रका किसानलाई सहुलियत शुल्कमा वितरणको प्रबन्ध मिलाएका छौँ ।’

विगतका परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्नुका साथै स्थानीय किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन थालेपछि प्याजको व्यावसायिक उत्पादनलाई जोड दिइएको पालिकाको कृषि शाखाले जनाएको छ ।

बीउ उपलब्ध गराएका किसानले बिरुवा रोप्न सुरु गरेदेखि उनीहरूलाई बजारिकरणसम्म सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यक्रम सफल बनाउन कृषि औजार, सिँचाइ पाइप, प्राविधिक परामर्श दिइने जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको