महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण « Khabarhub

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको सोमबार शुभारम्भ गरेका छन् ।

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन् । वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपूर्जा वितरण कार्य सम्भव भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ५८ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर