महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण « Khabarhub

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको सोमबार शुभारम्भ गरेका छन् ।

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन् । वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपूर्जा वितरण कार्य सम्भव भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ५८ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको