अनलाइन ठगी अभियोगमा तीन जना पक्राउ « Khabarhub

अनलाइन ठगी अभियोगमा तीन जना पक्राउ


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना वस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय बिपीन मक्राती तथा नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय मधु तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली फेसबुकको मार्केटप्लेसमा आइफोन सेट सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकलाई एड्भान्स वापतको रकम पठाउन लगाइ ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकालाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : १५ बजे

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित

 करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर– झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य