जङ्गली हात्तीको आक्रमणबाट वन हेरालु गम्भीर घाइते | Khabarhub Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट वन हेरालु गम्भीर घाइते


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जङ्गली हात्तीले आक्रमण गर्दा आज साँझ पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन्‌ । साँझ ४ बजे मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेरालु विष्टमाथि हात्तीले आक्रमण गरेको हो ।

झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

उनका अनुसार घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आइसीयु) मा उपचार भइरहेको छ ।

वन क्षेत्रमा हात्तीका दुई छावासहित २०/२५ को सङख्यामा रहेका छन् । जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले बताए । रासस

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ३३ बजे

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला