थाइल्याण्डबाट फर्किए ऊर्जामन्त्री खड्का « Khabarhub

थाइल्याण्डबाट फर्किए ऊर्जामन्त्री खड्का


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएर आज मङ्गलबार साँझ स्वदेश  फर्किएका छन्‌ ।

संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ) को आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि सुरू भएको उक्त सम्मेलनमा भाग लिएर आज साँझ स्वदेश फिर्ता भएका हुन्‌ ।

सम्मेलनबाट स्वदेश फिर्ता भएका मन्त्री खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाद्यान्नको उत्पादन बढाउनका लागि गर्नुपर्ने माटो र पानीको सुरक्षाका बारेमा सम्मेलनमा आफूले कुरा उठाएको बताए ।

उनले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताएका थिए । ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न आफूले सम्मेलनमा ध्यानाकर्षण गराएको मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले सम्मेलनका क्रममा जल, ऊर्जा र खाद्य सम्बन्धलाई दिगो रूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका थिए ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

मन्त्री खड्कालाई विमानस्थलमा ऊर्जा सचिव सुरेश आचार्य, सिँचाइ सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । रासस

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : २८ बजे

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग