स्थिरता र समृद्धि ल्याउन कांग्रेस-एमाले गठबन्धन : मन्त्री पाण्डे « Khabarhub

स्थिरता र समृद्धि ल्याउन कांग्रेस-एमाले गठबन्धन : मन्त्री पाण्डे


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गर्नुका पछाडि राजनीतिक स्थायित्व भएको दाबी गरेका छन्‌ । गृह जिल्ला बाजुरा पुगेर मन्त्री पाण्डेले कार्यालय प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्‌ ।

‘पछिल्लो समय कांग्रेस-एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस-एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो’, मन्त्री पाण्डेले भने ।

उनले कांग्रेस-एमालेमात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी,समाजवादी लगायतका सानादलहरूलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको पनि तर्क गरे ।

‘संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भए पनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्न, राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनहामी सबै एक ठाउँमा हुन जरुरी छ,’ मन्त्री पाण्डेले थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापतिज्यूको प्रतिवद्धता रहेको छ – देशको सुधारका लागि उहाँहरूको स्पिडमा काम गर्नुपर्नेछ ।’

उनले ०८४ मा हुने आम चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत दाबी गरे । फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले सुचकाङ्कहरूका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताए ।

उनले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत जनाए । कार्यालय प्रमुखहरूलाई कामका प्राथमिकता निर्धारण गरेरमात्र काम गर्न समेत मन्त्री पाण्डेले निर्देशन दिए ।

बूढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि मन्त्री पाण्डेले जनाए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ४४ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु