‘दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई | Khabarhub Khabarhub

‘दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ ।

अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा स्थापित सो पुरस्कार अन्तर्राष्ट्रिय मानवअधिकार दिवस अवसरमा भण्डारीलाई प्रदान गरिएको हो ।

मानवअधिकार, कानुनी शासन एवम्‌ सामाजिक न्यायका क्षेत्रमा भण्डारीले पुर्‍याएका योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।

७६ओैँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर आयोगद्वारा मंगलवार आयोजित समारोहमा उपप्रधानमन्त्री विष्णु पोैडेलले वरिष्ठ अधिवक्ता भण्डारी उक्त पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गरे ।

अधिकारकर्मी दयाराम परियारको मानवअधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाही कालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागि उपचारको क्रममा चैत १५ गते निधन भएको थियो । उनै परियारको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान गर्ने गरिएको छ ।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्याम सुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेमकुमारी पन्त, नारायणप्रसाद शर्मा, डाक्टर हरिहर वस्ती र डाक्टर रेणु अधिकारी लगायतले ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ०० बजे

पूर्वराष्ट्रपति भण्डारीको घरमा आगो : पक्राउ परेका सोनम थेबे युवासंघको सदस्य नभएको जिकिर

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका

कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदीमा पुल निर्माण सुरु

पर्वत- पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि

पाँच शर्तसहित रास्वपाले खोज्यो चुनावको ग्यारेन्टी, प्रतिगमन रोक्न राष्ट्रिय सभालाई जोगाउनुपर्ने अडान

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार डाकेको विघटित संसद्का ११ दलसँगको

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड