रश्मिकाले तोडेकी थिइन् इङ्गेजमेन्ट... | Khabarhub Khabarhub

रश्मिकाले तोडेकी थिइन् इङ्गेजमेन्ट…


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत डिसेम्बर १ बाट प्रदर्शनमा आएको ‘एनिमल’की नायिक रश्मिका मन्दन्ना व्यक्तिगत कारणले चर्चामा छिन् । अहिलेको समयमा सुपरहिट फिल्म दिने नायिकाको शीर्ष स्थानमा उनी नै छिन् ।

भारतीय मिडियाको दाबीअनुसार फेब्रुअरीमा उनी दक्षिण भारतीय नायक विजय देवरकोंडासँग इन्गेजमेन्ट गर्ने तयारीमा छिन् ।

विजयको घरमा चाडपर्वको अवसरमा पछिल्लो समय रश्मिकाको उपस्थिति बाक्लो छ । उनीहरु विभिन्न स्थानमा बिदा मनाएको प्रेमिल तस्वीरहरू  पनि सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् ।

यसैबीच यो जोडीको इङ्गेजमेन्टका कुरा चर्चामा आएको छ । यद्यपि उनीहरूले यसबारेमा धारणा सार्वजनिक गरेका छैनन् ।

पहिल्यै भएको थियो रश्मिकाको इङ्गेजमेन्ट

सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘किरिक पार्टी’बाट रश्मिकाले डेब्यू गरेकी हुन् । फिल्ममा उनी साउथ फिल्मका चर्चित नायक रक्षित शेट्टीको अपोजिटमा देखिएकी थिइन् ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार फिल्मपछि उनीहरूको निकटता बढेको थियो । उनीहरु एक वर्षसम्म प्रेममा रहे ।

सन् २०१७ मा उनीहरूकाे सम्बन्धलाई थप उचाइ दिने निर्णय गरे र धुमधामका साथ इन्गेजमेन्ट गरे । उक्त समारोहको तस्वीर रश्मिकाले इन्स्टाग्राममार्फत सार्वजनिकसमेत गरेकी थिइन् । तर उनीहरूले विवाह भने गरेनन् ।

किन तोडिन् इङ्गेजमेन्ट ?

रश्मिका इङ्गेजमेन्टको दौरानमा २२ वर्षकी थिइन् । रक्षित भने उनीभन्दा १४ वर्ष बढी उमेरका थिए । इङ्गेजमेन्टको केही समयपछि नै यो जोडीबीच बेमेल उत्पन्न भयो र इन्गेजमेन्ट तोडियो ।

यसबारेमा यो जोडीले सार्वजनिकरूपमा भने प्रतिक्रिया दिएको छैन । तर उनीहरूको दुई परिवारबीच विवाद उत्पन्न भएकाले सम्बन्ध टुटेको बुझिएको छ । सम्बन्धसमेत सुमधुर भएर अगाडि बढ्न नसकेकाले उनीहरूले सो निर्णय गरेका हुन् ।

यो जोडीले दुवै परिवारको सहमतिमा सम्बन्ध तोडेको भारतीय मिडियाहरूकाे दाबी छ ।

रश्मिका निकट स्रोतका अनुसार उनी सम्बन्ध टुट्दा निकै विक्षिप्त बनेकी थिइन् । स्रोतको दाबीअनुसार यो घटना लुकाउन उनले दोहोरो चरित्रसमेत देखाएकी थिइन् ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : १८ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ