रश्मिकाले तोडेकी थिइन् इङ्गेजमेन्ट… « Khabarhub

रश्मिकाले तोडेकी थिइन् इङ्गेजमेन्ट…


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत डिसेम्बर १ बाट प्रदर्शनमा आएको ‘एनिमल’की नायिक रश्मिका मन्दन्ना व्यक्तिगत कारणले चर्चामा छिन् । अहिलेको समयमा सुपरहिट फिल्म दिने नायिकाको शीर्ष स्थानमा उनी नै छिन् ।

भारतीय मिडियाको दाबीअनुसार फेब्रुअरीमा उनी दक्षिण भारतीय नायक विजय देवरकोंडासँग इन्गेजमेन्ट गर्ने तयारीमा छिन् ।

विजयको घरमा चाडपर्वको अवसरमा पछिल्लो समय रश्मिकाको उपस्थिति बाक्लो छ । उनीहरु विभिन्न स्थानमा बिदा मनाएको प्रेमिल तस्वीरहरू  पनि सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् ।

यसैबीच यो जोडीको इङ्गेजमेन्टका कुरा चर्चामा आएको छ । यद्यपि उनीहरूले यसबारेमा धारणा सार्वजनिक गरेका छैनन् ।

पहिल्यै भएको थियो रश्मिकाको इङ्गेजमेन्ट

सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘किरिक पार्टी’बाट रश्मिकाले डेब्यू गरेकी हुन् । फिल्ममा उनी साउथ फिल्मका चर्चित नायक रक्षित शेट्टीको अपोजिटमा देखिएकी थिइन् ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार फिल्मपछि उनीहरूको निकटता बढेको थियो । उनीहरु एक वर्षसम्म प्रेममा रहे ।

सन् २०१७ मा उनीहरूकाे सम्बन्धलाई थप उचाइ दिने निर्णय गरे र धुमधामका साथ इन्गेजमेन्ट गरे । उक्त समारोहको तस्वीर रश्मिकाले इन्स्टाग्राममार्फत सार्वजनिकसमेत गरेकी थिइन् । तर उनीहरूले विवाह भने गरेनन् ।

किन तोडिन् इङ्गेजमेन्ट ?

रश्मिका इङ्गेजमेन्टको दौरानमा २२ वर्षकी थिइन् । रक्षित भने उनीभन्दा १४ वर्ष बढी उमेरका थिए । इङ्गेजमेन्टको केही समयपछि नै यो जोडीबीच बेमेल उत्पन्न भयो र इन्गेजमेन्ट तोडियो ।

यसबारेमा यो जोडीले सार्वजनिकरूपमा भने प्रतिक्रिया दिएको छैन । तर उनीहरूको दुई परिवारबीच विवाद उत्पन्न भएकाले सम्बन्ध टुटेको बुझिएको छ । सम्बन्धसमेत सुमधुर भएर अगाडि बढ्न नसकेकाले उनीहरूले सो निर्णय गरेका हुन् ।

यो जोडीले दुवै परिवारको सहमतिमा सम्बन्ध तोडेको भारतीय मिडियाहरूकाे दाबी छ ।

रश्मिका निकट स्रोतका अनुसार उनी सम्बन्ध टुट्दा निकै विक्षिप्त बनेकी थिइन् । स्रोतको दाबीअनुसार यो घटना लुकाउन उनले दोहोरो चरित्रसमेत देखाएकी थिइन् ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : १८ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा