बाली बीमामा सूर्योदय नगरपालिकाको ५० प्रतिशत अनुदान | Khabarhub Khabarhub

बाली बीमामा सूर्योदय नगरपालिकाको ५० प्रतिशत अनुदान


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ ।

नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए ।

अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ । ‘नगरले पशुपक्षी र बाली बीमाबारे किसानलाई जानकारी दिन टोलटोलमा तालिम र अन्तरक्रिया गरिरहेका छौँ’, उनले भने, ‘सबै वडा र टोलमा कार्यक्रम सकेपछि यथेष्ट तथ्यका आधारमा बीमाबापतको अनुदान दिनेछौँ ।’

पशुपक्षी र बाली बीमामा किसानले व्यहोर्ने बीमा शुल्कको आधा रकम सूर्योदयले व्यहोर्ने भएको हो । बीमा प्रोत्साहनका लागि १० लाख विनियोजन गरेको छ । पशु र बाली बीमामा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

यसैबीच सूर्योदय नगरपालिकाले लम्पीस्किन महामारीबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन थालेको छ । नगरले माउ गाई मरेका किसानलाई २० हजार, कोरली गाई मरेका किसानलाई १० हजार र गोरु मरेका किसानलाई पाँच हजार राहत दिन थालेको नगरप्रमुख राईले बताए ।

लम्पीस्किन रोगबाट नगरपालिकाभर सात सय ४४ गाईवस्तु मरेका थिए । सूर्योदयले लम्पीस्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न एक करोड २५ लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ५७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका