भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेलाविरुद्धको खोप « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेलाविरुद्धको खोप


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् ।

यही  पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत ६ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।

त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ । जिल्लाका चार सय ८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो ।

आपतकालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

सामान्य अवस्थामा दादुराको समस्या फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको बुढाथोकीले बताए ।

गत वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको बताए ।

दादुरा–रुवेला, टाइफाइडजस्ता समस्यालाई फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार ६ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसङ्ख्या छ लाख ५० हजार रहेको छ ।

जाजरकोटमा मात्र छ महिनादेखि १५ वर्षसम्मको लक्षित जनसङ्ख्या ६८ हजार नौ सय १९ र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार छ सय ३६ जना छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ४१ बजे

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको