भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेलाविरुद्धको खोप « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेलाविरुद्धको खोप


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् ।

यही  पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत ६ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।

त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ । जिल्लाका चार सय ८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो ।

आपतकालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

सामान्य अवस्थामा दादुराको समस्या फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको बुढाथोकीले बताए ।

गत वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको बताए ।

दादुरा–रुवेला, टाइफाइडजस्ता समस्यालाई फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार ६ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसङ्ख्या छ लाख ५० हजार रहेको छ ।

जाजरकोटमा मात्र छ महिनादेखि १५ वर्षसम्मको लक्षित जनसङ्ख्या ६८ हजार नौ सय १९ र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार छ सय ३६ जना छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ४१ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक