भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेलाविरुद्धको खोप « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेलाविरुद्धको खोप


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् ।

यही  पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत ६ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।

त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ । जिल्लाका चार सय ८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो ।

आपतकालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

सामान्य अवस्थामा दादुराको समस्या फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको बुढाथोकीले बताए ।

गत वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेलाटाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको बताए ।

दादुरा–रुवेला, टाइफाइडजस्ता समस्यालाई फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार ६ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसङ्ख्या छ लाख ५० हजार रहेको छ ।

जाजरकोटमा मात्र छ महिनादेखि १५ वर्षसम्मको लक्षित जनसङ्ख्या ६८ हजार नौ सय १९ र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार छ सय ३६ जना छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ४१ बजे

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि