भारतसँगको २० करोड लगानी सम्झौतामा चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री « Khabarhub

भारतसँगको २० करोड लगानी सम्झौतामा चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने गरी भएको सम्झौतामा चिन्ता लिन नपर्ने बताएका छन् ।

आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भारतले मात्रै एकपक्षीय रुपमा आयोजना छनौट गर्ने र कार्यान्वयन गर्ने प्रावधान नरहेको उल्लेख गरे ।

उनले आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षा नेपाल सरकारकै संयन्‍त्रबाट हुने समेत बताए ।

प्रधानमन्त्री दाहालले सो रकम भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गरिने स्पष्ट पार्दै सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने समेत बताए ।

प्रधानमन्त्री दाहालले चीन सरकारले प्रत्यक्ष लगानी गरेको बिजुली किन्ने कुरामा भारतको ‘रिजर्भेसन’ रहेको बताए । बिजुली उत्पादनमा सबै स्वतन्त्र रहेको उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गत शुक्रबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार विद्युत निर्यात गर्ने सम्झौता भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ५८ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक