भारतसँगको २० करोड लगानी सम्झौतामा चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री « Khabarhub

भारतसँगको २० करोड लगानी सम्झौतामा चिन्ता लिनु पर्दैन : प्रधानमन्त्री


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने गरी भएको सम्झौतामा चिन्ता लिन नपर्ने बताएका छन् ।

आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भारतले मात्रै एकपक्षीय रुपमा आयोजना छनौट गर्ने र कार्यान्वयन गर्ने प्रावधान नरहेको उल्लेख गरे ।

उनले आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षा नेपाल सरकारकै संयन्‍त्रबाट हुने समेत बताए ।

प्रधानमन्त्री दाहालले सो रकम भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गरिने स्पष्ट पार्दै सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने समेत बताए ।

प्रधानमन्त्री दाहालले चीन सरकारले प्रत्यक्ष लगानी गरेको बिजुली किन्ने कुरामा भारतको ‘रिजर्भेसन’ रहेको बताए । बिजुली उत्पादनमा सबै स्वतन्त्र रहेको उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गत शुक्रबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार विद्युत निर्यात गर्ने सम्झौता भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ५८ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्