सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति « Khabarhub

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार अभियोगमा  दोषी ठहर भएका सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकेको थियो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

सो समयमा करिव चार दिनको निरन्तर बहसपछि न्यायाधीश ढकालले गौशाला २६ माथिको बलात्कारको घटनामा सन्दीपलाई दोषी ठहर गरेका थिए ।

आदेशका क्रममा गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको भनी काठमाडौं जिल्ला अदालतले आदेश गरेको थियो ।
फैसलामा पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइ लामिछानेले बलात्कार गरेको उल्लेख छ ।

न्यायाधीश ढकालको आदेशमा भनिएको थियो, ‘पीडितले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुन काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ ।’

पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा सन्दीप र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतीको भन्न नमिल्ने ठहर गरेको हो ।

फैसलामा गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँएको भन्दै अदालतले सहमतिको करणी भन्न नमिल्ने र प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर ठहर गरेको हो ।

यो पनि…

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ५६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको