पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री बितरण सुरु  | Khabarhub Khabarhub

पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बिक्री बितरण सुरु 


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको उत्पादन तथा बिक्री बितरण सुरु गरेको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उत्पादन तथा विक्रि बितरण कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री रिजालले सबै प्रकारका कुपोषणलाई न्यूनीकरण गर्दै सन् २०३० मा दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारको प्रतिबद्धतालाई पुरा गर्न पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलले मद्दत पुग्ने बताए ।

पौष्टिक तत्वको कमीका कारण हुने कुपोषणलाई अन्त्य गर्न सूक्ष्म पोषक तत्व लाभदायी हुने उनले बताए । मन्त्री रिजालले अधिकांश जनसङ्ख्याले प्रयोग गर्ने चामलको स्तरोन्नति गर्दा पोषण अवस्थामा सुधारका लागि मद्दत पुग्ने जिकिर गरे ।

चामलसम्बन्धी मापदण्ड तयार गर्ने र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने भएको छ । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ०५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस