उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता हो : कृषि मन्त्री | Khabarhub Khabarhub

उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता हो : कृषि मन्त्री


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भूसालले कृषि क्षेत्रको पहिलो प्राथमिकता कृषि उपजको उत्पादन वृद्धि भएको बताएका छन् ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ माथिको छलफलमा उहाँले आयत प्रतिस्थापन गर्न उत्पादन वृद्धि नै एकमात्र विकल्प भएको बताए । उनले भने, “बाँझो जमीनमा खेती र आकासे पानीमा निर्भर जमिनमा सिँचाइ विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ । यसका मध्यमबाट उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।”

समयमै रासायनिक मल आपूर्ति हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष चार प्रतिशत अर्थात दुई लाख ३७ हजार मेट्रिक टन धानको उत्पादन वृद्धि भएको उनले जानकारी दिए । मन्त्री भुसालले हामीले खाने खानाको ६७ प्रतिशत स्रोत धान भएकाले धान उत्पादनको महत्व महत् रहेको बताए ।

मुलुकमा हाल ३० लाख ९१ हजार हेक्टर जग्गामा खेती हुँदै आएकामा १४ लाख ७७ हजार हेक्टरमा धानखेती भएको बताए । धानखेतीको ६८ प्रतिशत हिस्सा तराई मधेशमा हुँदैआएको छ । देशभर १७ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना खेती हुने गरेको छ ।

मुलुकमा धानको उत्पादनलाई वृद्धि गर्न यसै वर्षदेखि चैते धानको रोपाई १७ हजार हेक्टरसम्म विस्तार गरिने बताउँदै कृषि मन्त्रीले त्यसका लागि कृषकलाई प्रोत्साहन गर्न सिँचाई, मल,बीउ, औजारमा अनुदान बढाउने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भने पनि लगानी त्यस अनुरुपका बजेट विनियोजन र लगानी वृद्धि नगरेको तथा उत्पादन बढाउन ठोस कार्य योजना नबनाएको गुनासो समिति सदस्यले गरेका थिए ।

उनीहरुले बजेट विनियोजन हेर्दा सरकारको नियतप्रति प्रश्न गर्ने धेरै ठाउँ रहेको जनाउँदै निर्यात गर्ने वस्तु उत्पादन कार्ययोजना बनाई कार्यान्वयन नगरेसम्म व्यापार सन्तुलन र समृद्धि प्राप्त गर्न चुनौती हुने बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : १५ बजे

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै

गृहको प्रतिवेदन भन्छ : लुटिएका ७१८ थान हतियार फिर्ता, जेन-जीका नाममा तोडफोड र आगजनी गर्ने ४२९ पक्राउ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति सुरक्षा अवस्था र आगामी

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

ढाका– बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावली दर्ता

राजनैतिक संक्रमणकाबीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने : विश्व बैंक

काठमाडौं– गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात् छाएको राजनैतिक अस्थिरताको प्रभावलाई