होटेल सञ्चालकको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ | Khabarhub Khabarhub

होटेल सञ्चालकको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

गोरखा – कर्तव्य ज्यानको अभियोगमा गोरखा नगरपालिका–१४ सलाङगिरिका २३ वर्षीय किसान परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय शमशेरबाबु पन्त पुस १६ गते आफ्नै होटलमा मृत फेला परेका थिए। गोरखा–१४ स्थित अकला मन्दिर नजिकै हिल कटेज होटल संचालन गर्दै आएका पन्तको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेकोमा परियारलाई प्रहरीले पक्राउ गरेको हो।

मृतक पन्तको खुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको चोट देखिएको थियो। घटना अनुसन्धानको क्रममा व्यक्तिगत रिसिइबीका कारण परियारले कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ तथा लागूऔषध सेवन गर्ने क्रममा व्यक्तिगत रिसिइबीको कारण मृतकलाई खुर्पा तथा चक्कुले शरीरका विभिन्न भागहरुमा पटकरपटक प्रहार गरी परियार फरार भएको खुलेको हो।

फरार परियारलाई पुस २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको सहयोगमा कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए।

आरोपितविरुद्ध बुधबार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप लिइएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ३१ बजे

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको