रुसले अन्य छिमेकी मुलुकमा पनि हमला गर्न सक्छ : जेलेन्स्की « Khabarhub

रुसले अन्य छिमेकी मुलुकमा पनि हमला गर्न सक्छ : जेलेन्स्की


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भिल्निअस – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको बुधबार चेतावनी दिएका छन् ।

जेलेन्स्कीले किएभको सबैभन्दा कट्टर सहयोगीमध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्।

“उहाँ (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) रोकिनु हुन्न, उहाँ हामीमाथि सम्पूर्णरूपमा कब्जा गर्न चाहनुहुन्छ”, आफ्ना लिथुआनियाली समकक्षी गितानास नौसेदासँगको पत्रकार सम्मेलनमा उनले भने, “कहिलेकाहीँ युक्रेनलाई वित्तीय तथा सैन्य सहयोगका सम्बन्धमा साझेदारहरूको असुरक्षाले केवल रुसको साहस र शक्तिलाई बढाउँछ ।”

अन्य पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर समर्थन दिन हिचकिचाइरहेका बेला उनले यस्तो बताएका हुन् । उनले सहयोगी मुलुकहरू पुटिनलाई रोक्नका लागि एकजुट नभएसम्म पुटिन युक्रेनमा नरोकिने बरु अन्य छिमेकी मुलुकमा हमला गर्ने चेतावनी दिए ।

“पुटिन यो युद्धलाई त्यतिबेलासम्म समाप्त गर्नुहुन्न जबसम्म हामी सबै मिलेर उहाँलाई समाप्त गर्दैनौँ”, राष्ट्रपति जेलेन्स्कीले भने, “यदि हामी (युक्रेन) रुसको सामना गर्न सक्तैनौँ भने अर्को आक्रमणको स्थानमा लिथुआनिया, लाट्भिया, एस्टोनिया, मल्दोभा हुनसक्छ भन्ने हामीले बुझ्न जरुरी छ ।”

युक्रेनले रुसको नयाँ सिराबाट हवाई हमलाको सामना गर्नुपरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो । किएभलाई थप समर्थन दिन आग्रह गरिएको छ जसमा आधुनिक हवाई रक्षा प्रणालीहरूको अत्यन्त कमी देखिन्छ ।

राष्ट्रपति जेलेन्स्कीले भने, “हालका दिनमा रुसले युक्रेनमाथि कूल पाँच सय उपकरणले हमला गरेको छ, हामीले तीमध्ये ७० प्रतिशत नष्ट गरेका छौँ, हामीसँग अभाव भएको भनेको हवाई रक्षा प्रणाली हो ।”

अन्य पश्चिमी समर्थकहरूको ढुलमुले समर्थनलाई बलियो गर्न खोजिरहनुभएको बेला जेलेन्स्कीको लिथुआनिया भ्रमण भएको हो । पूर्वसोभियत सङ्घका तीन गणराज्यमध्ये यस वर्षको जेलेन्स्कीको पहिलो आधिकारिक विदेश भ्रमण हो । तीनै मुलुक अहिले नेटोका सदस्य छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५२ बजे

एक करोड ९१ लाखको लागतमा चिस्यान केन्द्र

 तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा एक करोड ९१ लाख

इन्टरनेटजन्य असुरक्षाबाट बच्न काठमाडौं महानगरको डिजिटल साक्षरता कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी