रुसले अन्य छिमेकी मुलुकमा पनि हमला गर्न सक्छ : जेलेन्स्की « Khabarhub

रुसले अन्य छिमेकी मुलुकमा पनि हमला गर्न सक्छ : जेलेन्स्की


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भिल्निअस – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको बुधबार चेतावनी दिएका छन् ।

जेलेन्स्कीले किएभको सबैभन्दा कट्टर सहयोगीमध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्।

“उहाँ (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) रोकिनु हुन्न, उहाँ हामीमाथि सम्पूर्णरूपमा कब्जा गर्न चाहनुहुन्छ”, आफ्ना लिथुआनियाली समकक्षी गितानास नौसेदासँगको पत्रकार सम्मेलनमा उनले भने, “कहिलेकाहीँ युक्रेनलाई वित्तीय तथा सैन्य सहयोगका सम्बन्धमा साझेदारहरूको असुरक्षाले केवल रुसको साहस र शक्तिलाई बढाउँछ ।”

अन्य पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर समर्थन दिन हिचकिचाइरहेका बेला उनले यस्तो बताएका हुन् । उनले सहयोगी मुलुकहरू पुटिनलाई रोक्नका लागि एकजुट नभएसम्म पुटिन युक्रेनमा नरोकिने बरु अन्य छिमेकी मुलुकमा हमला गर्ने चेतावनी दिए ।

“पुटिन यो युद्धलाई त्यतिबेलासम्म समाप्त गर्नुहुन्न जबसम्म हामी सबै मिलेर उहाँलाई समाप्त गर्दैनौँ”, राष्ट्रपति जेलेन्स्कीले भने, “यदि हामी (युक्रेन) रुसको सामना गर्न सक्तैनौँ भने अर्को आक्रमणको स्थानमा लिथुआनिया, लाट्भिया, एस्टोनिया, मल्दोभा हुनसक्छ भन्ने हामीले बुझ्न जरुरी छ ।”

युक्रेनले रुसको नयाँ सिराबाट हवाई हमलाको सामना गर्नुपरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो । किएभलाई थप समर्थन दिन आग्रह गरिएको छ जसमा आधुनिक हवाई रक्षा प्रणालीहरूको अत्यन्त कमी देखिन्छ ।

राष्ट्रपति जेलेन्स्कीले भने, “हालका दिनमा रुसले युक्रेनमाथि कूल पाँच सय उपकरणले हमला गरेको छ, हामीले तीमध्ये ७० प्रतिशत नष्ट गरेका छौँ, हामीसँग अभाव भएको भनेको हवाई रक्षा प्रणाली हो ।”

अन्य पश्चिमी समर्थकहरूको ढुलमुले समर्थनलाई बलियो गर्न खोजिरहनुभएको बेला जेलेन्स्कीको लिथुआनिया भ्रमण भएको हो । पूर्वसोभियत सङ्घका तीन गणराज्यमध्ये यस वर्षको जेलेन्स्कीको पहिलो आधिकारिक विदेश भ्रमण हो । तीनै मुलुक अहिले नेटोका सदस्य छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५२ बजे

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको