आज २०८० साल माघ २७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ २७ गते शनिबारको राशिफल


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २७ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिख। आज तामाङ ल्होसार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। आफ्नो बाटो बनाउनुपर्नेछ। अरुसँग अपेक्षा गर्नु गलत हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। यात्रामा खर्च हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। नसोचेको ठाउँबाट राम्रो लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। परिवारको साथ र सहयोग रहनेछ।

मिथुन : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा राम्रो फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ।

कर्कट : दिन सामान्य छ। व्यवस्थापन गर्न नजान्दा विवादको सामना गर्नुपर्ने छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। रोगले सताउने योग छ। यात्रामा जोखिम रहेकाले सचेत हुनु राम्रो हुन्छ। पुराना साथीसँग भेट हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पुरानो रोग निको हुँदै जानेछ। गुरुबाट असहयोग रहे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

तुला : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : समय सामान्य राम्रो छ। आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप हुनसक्छ। कुरा काट्नेहरु सक्रिय छन्। शिक्षाको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

धनु : दिन राम्रो छ। व्यापारबाट फाइदा हुनेछ। नयाँ ठाउँको या
त्रा रमाइलो बन्नेछ। शिक्षामा अगाडि बढ्ने उत्साह मिल्नेछ। परिवारको साथ राम्रो छ। रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्छ।

मकर : दैनिकी सामान्य राम्रो छ। बोलीको जालमा पर्ने जोखिम भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्र भने विवादित रहेको छ। तपाईंको काममा परिवार सकारात्मक छ।

कुम्भ : दैनिकी सामान्य राम्रो छ। झुटा आरोप लाग्नसक्ने देखिन्छ। शनिदेवको छाया रहेकाले वर र पिपलको दर्शन गरेमा सबै काम सफल हुनेछ। परिवारमा खटपट हुनसक्छ। प्रेम सम्बन्धलाई संयमित भएर अगाडि बढाउनुपर्छ।

मीन : दिन राम्रो छ। माया मारेको धन प्राप्त हुनसक्छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ। परिवारबाट निरन्तर सहयोग हुनेछ। स्वास्थ्य र शिक्षामा राम्रो सफलता मिल्नेछ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ५ : ०९ बजे

लुम्बिनीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत

सिन्धुपाल्चोक– पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै

बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित