एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै « Khabarhub

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजदेखि मलेसियामा एसीसी महिला प्रिमियर कप सुरु हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेल हङकङविरुद्ध खेल्दै छ । टी–२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

यस प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । समूह ‘डी’ मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुनेछन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुनेछन् ।

फेब्रुअरी १८ सम्म हुने प्रतियोगितामा नेपालले दोस्रो खेल आइतबार भुटानसँग र तेस्रो खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।

क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यसैगरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ४८ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा