गुरुजी उपनाम पाएका संगीतकार सिके रसाइली | Khabarhub Khabarhub

गुरुजी उपनाम पाएका संगीतकार सिके रसाइली



संगीतका विभिन्न भाषा हुन्छन्। तर संगीतको एउटै भाषा एउटै लय धुन हो। संगीतलाई धुनले हेर्दा धेरै किसिमले सजाउने बाजा भन्दा एउटा प्रमुख बाजा हो मेन्डोलिन। नेपालमा मेन्डोलिन बजाउने कुशल वाद्यवादक हुन् सिके रसाइली। उनको जन्म वि.सं. १९९८ फागुन १८ गते भारतको सिलोङमा भयो।

बाल्यकालदेखि नै संगीतमा रुचि राख्दै आएका उनको सम्बन्ध साहित्यकार कविहरूसँग हुँदै गयो। आसामका प्रसिद्ध साहित्यकार लीलाबहादुर क्षेत्री, गीतकार कवि हरिभक्त कटुवालसँगको निकटतापछि रसाइलीले आकाशवाणी अल इन्डिया रेडियोमा वाद्यवादक संगीतकारका रूपमा काम गरे। पछि नेपाल आएपछि रेडियो नेपालसँग आबद्ध भएर सङ्गीत कर्म सुरु गरे।

रसाइली वाद्यवादक मात्र नभएर एक कुशल संगीतकार हुन्। उहाँको संगीतमा जब गीतहरू रेकर्ड हुँदै गए उनलाई नेपालका ख्यातिप्राप्त गायक नारायण गोपालदेखि लिएर युवा पुस्ताका गायकले सहकार्य गरे।

नारायण गोपालको चर्चित गीत ‘प्रेमको माला पैर्याइदेउ’राजेन्द्र रिजालको शब्द सिके रसाइलीको संगीतमा अजर अमर गीत बन्यो।
निर शाहको शब्दमा सिके रसाइलीको संगीतमा नारायण गोपालले नै गाएको ‘कहिले काहीँ म पिउँछु धेरै बेर म पिउँछु’ त्यस्तै लोकप्रिय गीत बन्यो।

गायिका सुशीला सुब्बा जो पूर्वी नेपाल धरानकी प्रख्यात गायिकालाई संगीतमा वा गायनमा ल्याउन रसाइलीको विशेष भूमिका छ।
रचना जिसी, सुनन्दा माथेमा, रत्ना सिंह, मिलनसिंह खाती जस्ता गायक गायिकालाई उनले नै संगीतमा आकर्षित गरे। रसाइली संगीत संयोजक पनि हुन्। संगीतलाई कसरी सजाउने वा कुन रंग विधानले फैल्याउने कुराको चोखो ज्ञान छ। स्टाइलिष्ट सङ्गीत कर्मले गर्दा उनी कम समयमा आफ्ना प्रतिस्पर्धीका साथ लोकप्रिय भए। यद्यपि उनी संगीतमा आउँदा उनका अग्रज नातिकाजी, शिवशङ्कर अम्बर गुरुङको जाज्वल्यमान योग थियो।

रसाइलीले नयाँ पुस्ताका गायक भर्खरै मैथिलीभाषी गीत गाएर रेडियो नेपालको फूलबारीमा प्रवेश गरेका उदित नारायण झालाई नेपाली आधुनिक गीतमा गायकका रूपमा स्थापित गर्न योगदान दिए।

उदित नारायण झाको स्वर नै नखुलेको बेला ‘पहाड के हो, तराईं के हो आमाको रूपमा हो’ वा ‘गण्डकी कोशी कर्णाली’ जस्ता गीतमा वा ‘हिउँको पहाड हैन’ जस्ता गीतमा सिके रसाइलीले उनलाई सघाएका छन्।

तर रसाइली त्यो कुरालाई गुनासोको रूपमा लिन्छन्। बलिउडमा गएर स्थापित भएपछि उदित नारायण झाले विभिन्न अन्तर्वार्ता दिँदा वा गायन यात्राको सुरुवातका कुरा गर्दा अन्य गायक गायिकाले जस्तो उदित नारायणले त्यसरी कुरा गरेनन् भन्ने कुरामा उनको गुनासो छ।

उदित नारायण झाको स्वर नै नखुलेको बेला ‘पहाड के हो, तराईं के हो आमाको रूपमा हो’ वा ‘गण्डकी कोशी कर्णाली’ जस्ता गीतमा वा ‘हिउँको पहाड हैन’ जस्ता गीतमा सिके रसाइलीले उनलाई सघाएका छन्।

झा चर्चित हुँदै गएपछि र लोकप्रियताको शिखर चढ्दै गएपछि भारतीय विद्या भवनको छात्रवृत्ति पाएर मुम्बई पुगे। फेरि फर्केर आउँदा रसाइलीकै संगीतमा कर्ण लामाको शब्दमा ‘साँझपख मुरलीले सुस्तरी मलाई’ भन्ने गीत गाए । उदित नारायण झाको ख्यातिसँग आफ्नो नाम पनि जोडिएको हुँदा कहिले काहीँ मात्र हैन प्राय त्यस कुरामा रसाइली गुनासो गर्छन्।

मिलन सिंह खातीले मायालु फिल्ममा नायक भुवन केसीका निम्ति पाश्र्व गीतमा ‘भनिदेऊ आज के छ मनमा’ गाएका छन्। तर चलचित्रको पाश्र्व गायक भन्दा धेरै वर्ष अगाडि नै उनलाई रसाइलीले मौका दिइसकेका थिए। त्यसपछि गायक मनोर पाण्डेलाई पनि रसाइलीले गीतमा मौका दिए।

नाम नै चर्चामा नआएकी गायिका सविता चाम्लिङलाई पनि रसाइलीले उत्तम नेपालीको शब्दमा गीत गाउने मौका दिएका थिए। मेन्डोलिनको करामतले अम्बर गुरुङको लोकप्रिय गीत ‘पोहोर साल खुसी फाट्यो जतन गरी मनले टालेँ’ लाई मर्मस्पर्शी बनाउन सिके रसाइलीको मेन्डोलिनको धुनले करामत गराएको छ।

कम बाजामा रेकर्ड गरिएको अम्बर गुरुङको सङ्गीत राजेन्द्र थापाको शब्द र गायिका अरुणा लामको स्वर त्यो गीतमा चार जना वाद्यवादक माझमा रसाइलीको मेन्डोलिनको धुनले खास भूमिका निर्वाह गरेको छ। त्यस गीतमा मदन परियारलेसमेत करामत नै गरेका छन्। गीतलाई सम्झिदा मेन्डोलिनको आवाजले दुःखदायी र मर्मस्पर्शी बनाएको छ।

यसबाहेक रसाइली गितारका कुशल ज्ञाता हुन। गितारमा उनले संगीतबद्ध गरेका कयौँ गीतहरू लोकप्रिय मात्र होइन दशकौँ दशकसम्म चर्चित भएका छन्। त्यसमध्ये गौरी नेवाको स्वरमा रसाइलीले सङ्गीत गरेको ‘तिम्रो नाम लिई बोलाउँदा हजुर भन’ भन्ने गीत त्यत्तिकै लोकप्रिय बन्यो। प्रेमध्वज प्रधानको स्वरको त्यो गीतले सिके रसाइलीको संगीतलाई बारम्बार चर्चामा ल्याइरहन्छ।

सिके रसाइलीलाई धेरैले नेपाली सङ्गीत जनमानसमा गुरुजी भनेर सम्बोधन गर्छन्। सिके रसाइली धेरै गायक गायिकाका संगीतका गुरुजी हुन्। स्कुलमा पढाएर उनी गुरुजी भएका भने होइनन्। रेडियो नेपालको प्राङ्गणबाटै उनले गुरुजी पदवी पाएका हुन्।

सिके रसाइलीलाई धेरैले नेपाली सङ्गीत जनमानसमा गुरुजी भनेर सम्बोधन गर्छन्। सिके रसाइली धेरै गायक गायिकाका संगीतका गुरुजी हुन्। स्कुलमा पढाएर उनी गुरुजी भएका भने होइनन्। रेडियो नेपालको प्राङ्गणबाटै उनले गुरुजी पदवी पाएका हुन्।

अहिलेको चर्चित सिने संगीतकार शम्भुजित बास्कोटाको गीत ‘कुन सहरमा छौँ मायालु बिन्ती मलाई पत्र लेख’ गीतमा अरुण थापाको शब्द र सिके रसाइलीको सङ्गीत छ।

रसाइलीको संगीतको मधुर पक्ष एकातिर छ भने, उनको संगीतको सबल पक्ष गाउन नसक्ने वा गाउन गाह्रो भएका कलाकार वा गायिकालाई पनि उनको संगीतले सहज बनाउने गर्छ। तर तिनै सिके रसाइलीको संगीतमा नारायण गोपालले गाएको गीत अहिलेका पुस्ताले गाउन पनि गाह्रो हुने गर्छ।

यस अर्थमा सिके रसाइली कुशल संगीतकार हो भने गुणभेदताले भरिपूर्ण एक संगीतकार पनि हो। जसको गीत गाउन अरु संगीतकारको जस्तो सजिलो छैन। रसाइलीले अहिले पनि आफ्नो सक्रिय जीवनलाई गीत संगीतकै कुरामा लगाएका छन्।

हालै मात्र ‘अतीतदेखि उदित’ भन्ने सिडी निकालेका छन्। गायिका अरुणा लामादेखि लिएर धेरै कलाकारले गाएका गीतलाई उनले सांगीतिक धुनमा सजाएर आफ्नो एल्बम निकालेका हुन्।

संगीतमा सक्रिय रहिरहेका सिके रसाइली सांगीतिक सभा समारोहको विमोचनतिर कम देखिए पनि आफ्नो सांगीतिक जीवनको कुशलता प्रति निष्ठावान् छन्।

समय कतै चिप्लिएको छ भने हामीले यतिबेला सिके रसाइलीलाई सम्झिन बिर्सेका छौँ। उनी संगीतकै क्षेत्रमा सक्रिय छन्।

फौजी परिवारमा जन्मिएका रसाइलीको अनुशासन र समयका पक्का छन्। तर तिनै सिके रसाइली एक पटक आफ्ना घनिष्ट मित्र नारायण गोपालको नाममा स्थापित स्वर संम्राट नारायण गोपाल स्मृति सम्मान पाउन महाराजगञ्जस्थित नारायण गोपालको निवास जानुपर्ने थियो। बिर्सिएर अस्पताल पुगेछन्।

अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा व्यस्तता हुँदाहुँदै त्यो सम्मान पाउनुपर्ने कुरा नै बिर्सिन पुगेछन्। त्यहाँ अस्पतालमा रहेका शुभचिन्तकले आज तपाईं त, नारायण गोपालको नामको सम्मान पाउँदै हुनुहुन्छ, बधाई छ भनेपछि मात्र झसङ्ग भएछन्। जतिबेला उनी नारायण गोपाल निवास पुगे त्यतिबेला कार्यक्रम लगभग सकिसकेको थियो। कार्यक्रम स्थलमा पुग्दा १० जना वरिष्ठ गीतकारको सम्मान सकेर माला लगाएर कार्यक्रमको समापन हुने बेला भएको थियो। सिके रसाइली नारायण गोपालले गाएका गीतहरूको सिडी र आफूले धुनबद्ध गरेको सिडी लिएर गएका थिए। सकिएको कार्यक्रममा उनले केही शब्द बोलेर नारायण गोपाल, नारायण गोपाल सङ्गीत कोष, नारायण गोपाल सङ्गीत कोषका पदाधिकारीलाई धन्यवाद दिए।

समय कतै चिप्लिएको छ भने हामीले यतिबेला सिके रसाइलीलाई सम्झिन बिर्सेका छौँ। उनी संगीतकै क्षेत्रमा सक्रिय छन्।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ४१ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव