सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा « Khabarhub

सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताएका छन् ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तामाङ समुदायले मनाउँदै गरेको मौलिक सांस्कृतिक पर्व २८६०औँ डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताएका छन् र

प्रदेश प्रमुख शर्माले यस पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सन्देशमा भनेका छन्, ‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एकपटक शुभकामना व्यक्त गर्दछु ।’

तामाङ समुदायले नयाँ वर्षका रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको उल्लेख गर्दै उनले हाम्रा सबै मौलिक पर्व राष्ट्रिय चाड भएको बताएका छन् । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त समाजमा तामाङ समुदाय पनि एक महत्वपूर्ण अङ्ग भएको उनले उल्लेख गरेका छन् । 

“तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको सम्वर्द्धन एवं संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु”, प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : ३२ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज